काठमाडौं – प्रभु बैंक लिमिटेड र मणिग्राम विश्राम वाटिका प्रालिबिच, मणिग्राम विश्राम वाटिका प्रालिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ ।


ADVERTISEMENT


बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख श्री सन्तोष खत्री र मणिग्राम विश्राम वाटिका प्रालिका तर्फबाट निर्देशक गिरीश मणि आचार्य दीक्षितद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रभु बैंक र मणिग्राम विश्राम वाटिका बीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावहरूले मणिग्राम विश्राम वाटिकाद्धारा सञ्चालित होटलमा फुडमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत मणिग्राम विश्राम वाटिका प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, मणिग्राम विश्राम वाटिका प्रालिका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरू लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।