बागलुङ – बागलुङको ताराखोला गाउँपालिकामा विषालु च्याउ खाँदा चार जना बिरामी परेका छन् ।


ADVERTISEMENT


विषालु च्याउ खाँदा ताराखोला(५ माटेबिसौनाका एकै घरका ३ जनासहित ४ जना विरामी परेका हुन् । विरामी पर्नेमा मनकुमारी घर्ती, गमबहादुर घर्ती, दमबहादुर घर्ती छन्। यसैगरी उनीहरूको घरमा पाहुना आएका म्याग्दी रुम घर भएका रविन रोका पनि बिरामी भएका छन् ।


ADVERTISEMENT

# # #


घाइतेहरूको गलकोट स्थित इमरजेन्सी पोलिकिल्निक हटियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मंगलबार बेलुका जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी परेपछि बुधबार बिहान ३ बजे उपचारका लागि हटिया ल्याइएको हो ।