सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर र ९७ हजार ३०० रुपैयाँमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला  ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९६ हजार ८०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९७ हजार २०० रुपैयाँ थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० रुपैयाँले घटेर  एक हजार २५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।