काठमाडौँ – झापाको बी एन्ड सी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम रोक्ने जनाएको छ ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बि एन्ड सी र नोबेलले स्वास्थ्य बिमा बोर्डले समयमा रकम भुक्तानी नगर्दा समस्या भएको भन्दै असार २० गतेबाट स्वास्थ्य बीमा कार्यक्रम रोक्ने जनाएको हो ।


ADVERTISEMENT

# # #


वि.सं २०७८ मंसिरपछि नै बिमा वापतको रकम नपाएको उनीहरुको भनाई छ । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले स्वास्थ्य बिमा बापतको ४५ करोडभन्दा बढी र नोबेलको ५४ करोडभन्दा बढी रुपैया लिन बाँकी रहेको जानकारी दिए । यसअघि १५–१५ दिनमा भुक्तानी गर्ने भनिएपछि अझै पनि बिमा वापतको रकम नपाएको उनीहरुको गुनासो छ ।

सरकारले ७२ चैत २५ देखि कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लामा लागू भइसकेको छ  । प्रतिपरिवार ५ जनासम्मको ३ हजार ५ सय रकम तिरेको आधारमा वार्षिक एक लाखसम्मको स्वास्थ्य सुविधा र थप प्रतिसदस्य ७ सयका दरले रकम थपिएमा प्रतिसदस्य २० हजार बराबरको सेवा थपिने प्रावधान छ ।