काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानको निरीक्षण भ्रमण तथा निर्देशन सम्बोधन गरेका छन् ।


ADVERTISEMENT


कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका  महानिरीक्षक  सिंहले बुधबार राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानको विविध क्रियाकलापहरुको निरीक्षण गरेका हुन्  । निरीक्षणको क्रममा प्रमुख उनले सम्मान गारदको निरीक्षण गरी प्रहरी निरीक्षक आधारभूत तालिम १-१८१ औं समूहको प्रशिक्षार्थीद्वारा प्रदर्शन गरिएको कवाजको अवलोकन गरे । त्यसै गरी उनले प्रशिक्षार्थी ब्यारेक, महिला ब्यारेक र मेसको निरीक्षण गरी प्रतिष्‍ठान परिसरमा वृक्षारोपणसमेत गरे  ।


ADVERTISEMENT

# # #


महानिरीक्षक  सिंहले प्रशासनिक भवनमा रहेका प्रतिष्‍ठान र अपराध अनुसन्धान विद्यालयका विभिन्‍न शाखाहरु, कक्षाकोठाहरु, पुस्तकालय तथा घटनास्थल अनुसन्धान तालिम प्रयोगशालाको समेत निरीक्षण गरे ।

 महानिरीक्षक  सिंहले सोही बिशेष अवसरमा United Nations Office For Project Services (UNOPS) को सहयोगमा संचालित “Strengthening Training Capabilities Of Nepal Police” परियोजना अन्तर्गत निर्माण भएको प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदको तालिम म्यानुअल नेपाल प्रहरीका विभिन्‍न १० प्रशिक्षण केन्द्रहरुबाट प्रतिनिधिको रुपमा सहभागी भएका प्रहरी अधिकृतहरुलाई हस्तान्तरण गरी कार्यक्रममा उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गरेका थिए ।

राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यले प्रमुख अतिथिलाई प्रतिष्‍ठानको विविध क्रियाकलापहरु निरीक्षण गरी प्रतिष्‍ठानमा कार्यरत सकल दर्जाका कर्मचारीहरुलाई दिएको अमुल्य निर्देशन सम्बोधन र आफ्नो व्यस्तताबिच पनि उपस्थित भई प्रतिष्‍ठान परिवारको हौसला बढाईदिएकोमा हार्दिक धन्यवाद सहित कृतज्ञता जाहेर गरे ।

उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंह लगायत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान र नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको भौतिक उपस्थिति रहेको थियो भने नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक, प्रहरी युक्ति तालिम महाविद्यालयका प्रचार्यतथा सतै प्रदेश प्रहरी तालिम केन्द्रका समादेशकहरु भिडियो कन्फरेन्स (Video Conference) मार्फत सहभागिता जनाएका थिए ।