काठमाडौं – काठमाडौँ महानगरवासीले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने भएको छ । साउन १ गतेदेखि जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याएर नराखे कारबाही गर्ने भएको छ।


ADVERTISEMENT


कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने महानगरको चेतावनी छ। कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ।


ADVERTISEMENT

# # #


काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ ९१०, ९२० र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ ९१०, ९२० को व्यवस्था अनुसार साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरिएको सूचनामा उल्लेख छ।