काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) निरन्तर अरालो लागेसँगै पछिल्लो समय लगानीकर्ताहरुले सडक तताइरहेका छन् । सरकार र राष्ट्र बैँकको गलत नीतिका कारण शेयरबजार राताम्मे भएकाले त्यसलाई सच्याएर लगानीकर्तालाई बचाउनुपर्ने उनीहरुको माग छ ।


ADVERTISEMENT


यता नेप्सेको यो आरालो यात्रा संघीय संसदमा समेत निकै चर्चाको विषय बन्दै आएको छ । कति सांसदहरुले नेप्से घट्दा शेयरबजारका लगानीकर्ताहरु डुबेको भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताउँदै आएका छन् भने कतिले यसलाई फरक दृष्टिकोण राख्दै आएका छन् ।


ADVERTISEMENT

# # #


बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद गजेन्द्र महतले शेयर बजार अण्डा सकिएको लेस कुखुराजस्तै भएको टिप्पणी गरे । उनले भने, ‘जतिबेलासम्म त्यसले फूल पार्छ, आफूसँग राखेर नाफा कमाउँछ, जब फूल पार्न छाड्न, बजारबजारमा ल्याएर, रु ५ सय, ३ सय, २ सय भन्दै बिक्री गर्छ । त्यही लेस कुखुरा किनेर हाम्रा शेयरबजारका साथीहरु मलाई घाटा भयो, मलाई राहत चाहियो, म मर्छु भन्ने कुरा गर्छन् ।’

शेयर किन्दा ख्याल पुर्याउन आग्रह गर्दै सांसद महतले थपे, ‘अण्डा सकिएको कुखुरा किन्ने, अनि त्यसको फाइदा खोज्नुभएन ।’ बिहीबार नेप्से परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ बिन्दूमा आइपुगेको छ ।