काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


उनीहरुबीच शुक्रबार भेटवार्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । भेटमा आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक छलफल भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


पत्रकारिता छाडेर राजीनितमा आएका रविले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । यता बढुवाप्रति असन्तुष्टी जनाउँदै प्रहरीको डीआईजीबाट राजीनामा दिएका रमेश खरेल पनि केही अघि पार्टी खोलेर राजनीतिमा आएका हुन् ।