काठमाडौँ– यूएईमा जारी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको युएईसंगको खेलमा नेपालले एक विकेट गुमाएको छ ।


ADVERTISEMENT


युएईको अवुधावी स्थित शेख जायेद रंगशालामामा जारी खेलमा नेपालका लागि दिलिप नाथ १६ रन बनाएर आउट भएका हुन् । ३९ बल खेलेका उनले एक चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #


१४.५ ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएर खेलिरहेको छ । ज्ञानेन्द्र मल्लले ५० बलमा २५ रन बनाएर खेलिरहेका छन् । उनलाई साथ दिन सरद भेषवाकर आएका छन् ।

युएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालको आजको खेलमा केही परिवर्तन देखिएको छ । यू १९ का कप्तान दीपेन्द्र सिंह ऐरी आज खेलिरहेका छैनन् ।

नेपालको टिममा ओपनरद्वय ज्ञानेन्द्र मल्ल र दिलिप नाथ छन् भने यसैगरी विनोद भण्डारी, शक्ति गौचन, पारस खड्का(कप्तान) सन्दीप लामिछाने, वसन्त रेग्मी, सोमपाल कामी, सरद भेषवाकर, ललित भण्डारी र आशिफ सेख रहेका छन् ।

नेपाल र युएई शीर्ष चारको दौडबाट बाहिरिसकेकाले यी दुई खेल प्रतिष्ठको लागि मात्र हुनेछन् ।