काठमाडौँ– पूर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नामकै कारण निर्वाचन आयोगले दल दर्ता नलिए नाम परिवर्तन गर्ने बताएका छन् ।शुक्रवार रिपोटर्स क्लबमा पहिलो पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले यस्तो जानकारी दिएको हो ।


ADVERTISEMENT


यसका लागि अर्काे नाम तयारी रहेको समेत उनले बताए । ‘हामीलाई विश्वास छ निर्वाचन आयोगले मान्यता दिनुपर्छ, दिएन भने अर्को तयारी छ’, उनले भने ।


ADVERTISEMENT

# # #


गत मंगलबार मात्रै पार्टीको घोषणा गरेको लामिछानेमाथि स्वतन्त्र शब्दको दूरुपयोग गरेको आरोप छ । यसले वास्तविक स्वतन्त्र उम्मेदवारमाथि अन्योलता र भ्रम सृजना गर्ने भन्दै उनको पार्टीविरुद्व आयोगमा दुईवटा उजुरी परेको छ । यद्यपि हालसम्म आयोगले यसबारे कुनैपनि प्रतिक्रिया दिएको छैन ।