काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजीनामा दिएका छन् । उनले आइतबार नेकपा एकीकृत समाजवादीका अधयक्ष माधवकुमार नेपाललाई आफ्नो राजीनामा पत्र बुझाएको बताइएको छ ।


ADVERTISEMENT


कुनै पनि मन्त्रीले आफ्नो राजीनामा प्रधानमन्त्री समक्ष बुझाउनु पर्ने संवैधानिक व्यवस्था छ । तर, मन्त्री आलेले आफ्नो राजीनामा पार्टी अध्यक्षलाई बुझाएका हुन् । । शनिबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकपछि आलेले २४ घण्टाभित्र पार्टीको निर्णय मान्दै आफूले राजीनामा दिने बताएका थिए ।


ADVERTISEMENT

# # #


एकीकृत समाजवादीले स्वास्थ्यमन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम तथा रोजगार मन्त्रीमा शेरबहादुर कुँवरको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए ।

नयाँ मन्त्रीको शपथ ढिलाइ भएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपाल र वरिष्ठ नेता झलनाथ खनाल भने प्रधानमन्त्रीलाई निरन्तर दबाब दिँदै आएका थिए । तर, प्रधानमन्त्री देउवाले संसदमा बजेट पास गर्नुपर्ने भएकाले तत्काल मन्त्री फेर्न नसकिने बताउँदै आएका थिए ।

तर, मन्त्री फर्ने निर्णयको बहालवाला मन्त्रीले अस्वीकार गर्दै उल्टै मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाको संयुक्त ध्यानाकर्षण निकालेका थिए ।