काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले लागूऔषध दुर्व्यसन र त्यसको अवैध ओसारपसार रोक्न सरकारले संवेदनशील भएर काम गरिरहेको बताएका छन् ।


ADVERTISEMENT


लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खाँणले नेपालमा लागूपदार्थको दुरुपयोग र अवैध ओसारपसार चुनौतीको रुपमा आइरहेको भन्दै नियन्त्रणका लागि सरकारले संवेदनशील भएर काम गरिरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन सरकार प्रतिवद्ध रहेको उनको भनाई छ । उनले आगामी दिनमा जनजागरुकताका कार्यक्रम ल्याउने, पाठ्यपुस्तकमा पनि विषय समावेश गरी विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुर्व्यसनमा फसेका युवाहरुलाई सुधार्ने अभियान थाल्नुपर्नेमा जोड दिए ।

मुलुकमा लागुऔषधसम्बन्धिको अपराधमा दोषी देखिएका छ हजार बढी मानिस कारगारमा रहेको र मुलुकभर हुने आपराधिक गतिविधिमध्य आठ प्रतिशतभन्दा बढी लागूपदार्थसँग सम्बन्धित रहेको गृहमन्त्री खाणले जानकारी दिए ।

कार्यक्रममा लागूऔषधविरुद्ध कार्य गर्ने विभिन्न संघसंस्थालाई सम्मानसमेत गरिएको थियो । ‘मानवीय स्वास्थ्य सङ्कटका बेला झन्, लागूऔषध चुनौतीको गरौँ सम्बोधन’ भन्ने मूलनाराका साथ दिवस मनाइएको हो । त्यसअघि काठमाडौंमा सचेतनामूलक र्यालीसमेत निकालिएको थियो ।