काठमाडौं – नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवर्धनको निम्ति शुरू गरेको ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम नबिल एसइईको पहिलो ब्याचका २० जनाले इनेब्लर अफ सोसल अन्टर्रेनरशीप अवार्ड प्राप्त गरेका छन् । नेपाल उद्योग परिसंघ अन्तर्गतको सिएनआइइएफ नेपालले उक्त अवार्ड प्रदान गरेको हो ।


ADVERTISEMENT


गत शनिबार काठमाडौंमा आयोजित सिएनआइइएफ नेपाल स्टार्टअप फेस्ट २०२२ मा ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमअन्तर्गत पहिलो ब्याचका २० जना सहभागीलाई सामूहिक रुपमा उक्त अवार्ड प्रदान गरिएको हो ।


ADVERTISEMENT

# # #


गत चैत ७ गतेदेखि सुरू पहिलो ब्याचको फेलोशिप कार्यक्रमअन्तर्गत देशभरका तीन सय ५० जना आवेदकमध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाविद्यालय आवद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा सञ्चालन गरिरहेको छ ।

फेलोशिप कार्यक्रमका सहभागीहरूले कृषि, सूचना प्रविधि, हस्तकला, खाद्यान्न, कपडा उत्पादन, कफी शपलगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन् । हरेक महिना तीन दिन आवासीय सिकाई र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिप तालिम छ महिनासम्म चल्छ ।

बाँकी छ महिनाका लागि सबै सहभागीाई मेन्टर सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानको निम्ति सहयोग गरिन्छ । सामाजिक उद्यम विकासका लागि थालिएको यो नयाँ कार्यलाई प्रोत्साहन गर्न इनेब्लर अफ सोसल अन्टर्रेनरशीप अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ ।

सिएनआइइएफ नेपाल स्टार्टअप फेस्ट २०२२ युवाहरूलाई उद्यमशिलता प्रवद्र्धन गर्न आयोजना गरिएकोे थियो । कार्यक्रममा नेपालमा उद्यमशिलता विकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तित्वबका विभिन्न विषयमा प्रेरणादायी अनुभव प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सात नेपाली स्टार्टअपहरूले व्यवसाय विस्तारमा लगनी गर्न २४ करोड ५० लाख रुपैयाँ प्राप्त गरेका छन् । कार्यक्रमको उद्घाटन समरोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।