काठमाडौं – सिताराम पदमकुमारी फाउन्डेसनद्वारा  असार १५ का अवसरमा दही चिउरा खुवाउने कार्यक्रम गरिएको छ । फाउन्डेसनका तर्फबाट ३५ जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै आज दही चिउरा खुवाइएको हो ।


ADVERTISEMENT


एसएसपी भीमप्रसाद ढकालले ज्येष्ठ नागरिकहरूलाई खादा ओढाएर सम्मान गर्दै फाउन्डेसनका माध्यमबाट ज्येष्ठ नागरिक र समाजसेवाको पक्षमा निरन्तर कार्य गर्ने बताए ।


ADVERTISEMENT

# # #


फाउन्डेसनका तर्फबाट ज्येष्ठ नागरिक उपसमितिका संयोजक बिष्णुप्रसाद ढकालले संस्थाको उद्देश्य अनुरुप आफ्नो संस्कार परम्परालाई सम्झिँदै अग्रजहरुको सम्मानका लागि कार्यक्रम गरिएको बताए ।

अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले फाउन्डेसनका तर्फबाट आफूहरुलाई सम्मान गर्दै दही चिउरा खुवाउने कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै यस्तो संस्कार सबैले अनुशरण गर्नुपर्ने बताए । कार्यक्रममा ज्येष्ठ नागरिकसँगै २ सय बढी व्यक्तित्वहरूले दही चिउरा खाएका थिए ।

आफ्ना स्वर्गीय मातापिताका नाममा छोराहरु एसएसपी भीम ढकाल, भैरव ढकाल, एसपी प्रभु ढकाल, छोरीहरु तुलसा ढकाल र सञ्जु ढकाल लगायत परिवारजनले फाउन्डेसनमार्फत विभिन्न मानवीय तथा सामाजिक कामहरु गर्दै आइरहेका छन् । फाउन्डेसनमा विश्वमणी गौतम अध्यक्ष, विप्लभ ढकाल उपाध्यक्ष , राजेन्द्र ढकाल सचिव, रञ्जना उप्रेती कोषाध्यक्ष र विष्णुप्रसाद ढकाल, बिन्दु अधिकारी, चण्डी ढकाल, प्रेमकला डाँगी, हरेराम ढकाल सदस्य रहेका छन् ।