सुनसरी – नेपाल तरुण दल सुनसरीले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकको उद्धार  तथा राहत कार्यमा जुट्न जिल्लाका तरुणहरुलाई खटाउने भएको छ ।


ADVERTISEMENT


तरुण दलका सुनसरी अध्यक्ष सिजन गुरुङले मङ्गलबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय इटहरी सहित सुनसरी भर मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक प्रकोप निम्तिन थालेको भन्दै प्रकोपमा परेका व्यक्तिको उद्धार र राहतमा जुट्न जिल्लाका नगर तथा मातहतका पदाधिकारीहरुलाई परिपत्र गरेका हुन्।


ADVERTISEMENT

# # #


प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकको तत्काल उद्धार, सहयोग र व्यवस्थापनका लागि जिल्लाका सबै क्षेत्र, पालिका र वडा तहमा विपद् व्यवस्थापन तरुण परिचालन गरिने तरुण दल सुनसरीका अध्यक्ष गुरुङको भनाई छ ।

यस्तै सम्बन्धित वडा, पालिका र सुरक्षा निकायसँग समन्वय गरी प्राकृतिक प्रकोपबाट विपत्तिमा परेकाको तत्काल उद्धार र व्यवस्थापनमा लाग्नसमेत तरुण दल सुनसरीले जनाएको छ ।