सुनसरी – अबिरल वर्षासँगै मुलुकभर प्राकृतिक विपत्तिको जोखिम बढेको भन्दै नेकपा एमाले केन्द्रीय सदस्य भगवती चौधरीले विपद् व्यवस्थापन, सावधानी र जोखिम क्षेत्रका जनताको उद्धारतर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन् ।


ADVERTISEMENT


विगत दुई दिनयता देशका अधिकांश क्षेत्रमा भारी मात्रामा बर्षा भएसँगै पहाडी क्षेत्रमा भू–क्षय तथा पहिरो र तपाईमा बाढीको प्रकोप आउन सक्ने भन्दै चौधरीले समयमै प्राकृतिक विपत्तिबाट बच्न पूर्व तयारी गर्न समेत सरकारसँग माग गरेकी छन् ।


ADVERTISEMENT

# # #


पहाडी जिल्ला तथा तराईका अधिकांश क्षेत्रहरु डुवानमा परेको उल्लेख गर्दै नेतृ चौधरीले नागरिक विपत्तिमा पर्दा राज्य अभिभावक बन्नु पर्ने सरकारलाई स्मरण गराएकी छिन् । ‘कुनैपनि विपत् र संकटमा परेका बेला जनताको अभिभावक बन्नु राज्यको कर्तव्य र दायित्व हो । नागरिक विपद्मा पर्दा राज्य मुकदर्शक बन्नु हुँदैन ।’ चौधरीले भनेकी छिन् ।

‘विगत केही दिनयता निरन्तर परेको वर्षासँगै पहाडी तथा तराईका विभिन्न जिल्लाहरुमा भू–क्षय, बाढी पहिरो जस्ता पा्रकृतिक विपत्तिहरु निम्तने खतरा बढेको छ । पूर्वी तराईका अधिकांश जिल्लाहरु जलमग्न भएको ठूला तथा साना खोलानालाहरु बाढीले भरिएको हुँदा आम जनता प्राकृतिक प्रकोपको खतरामा परेका छन् ।’ नेतृ चौधरीले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

उनले प्राकृतिक विपद्को चपेटामा पर्नसक्ने जोखिमका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित गर्न÷गराउन समयमै सावधानी अपनाउन र विपद् व्यवस्थापनमा तत्काल उद्दार, राहतका कार्यक्रम ल्याउन सरकारसँग माग गरेकी छिन् ।

साथै, सुनसरी जिल्ला सह–इन्चार्ज चौधरीले जनतालाई पनि यो बेला नदीनाला र डुवान भएका क्षेत्रहरुमा नजान र सावधानी अपनाउन आग्रह गरेकी छिन् । चौधरीले मानो रोपेर मुरी फलाउने दिन असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा किसान दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना पनि व्यक्त गरेकी छिन् ।