काठमाडौं – पहिलो चरणमा निर्वाचन सम्पन्न भएको रामेछापमा मतगणनाको तयारी अन्तिम चरणमा पुगेको त्यहाँको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।


ADVERTISEMENT


एक निर्वाचन क्षेत्र र १ लाख ५२ हजार ५५९ मतदाता रहेको रामेछापमा बिहीबार बेलुकाबाट मतगणना प्रारम्भ हुने मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यहाँ करिब ९० हजार मत खसेको पौडेलको भनाइ छ ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभातर्फ १२ जना प्रत्यासी रहेको रामेछापमा कांग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । कांग्रेसले पूर्णबहादुर तामाङ र वाम गठबन्धनका तर्फबाट विना विभागीय मन्त्री श्यामकुमार श्रेष्ठ मैदानमा छन् ।

मतगणना स्थलको सुरक्षाका लागि नेटजाली लगाइएको र विद्युत जडान कार्य भइरहेको पौडेलको भनाइ छ । उनका अनुसार चार समूह बनाएर गणनाको तयारी भइरहेको छ । मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गर्नेगरी तयारी थालिएको उनको भनाइ छ ।