किभ– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले उत्तर एटलान्टिक सन्धी संगठन, नेटोको एक सम्मेलनलाई सम्बोधन गर्दै रुसविरुद्ध लड्न युक्रेनका लागि थप सहयोग माग गरेका छन् ।


ADVERTISEMENT


उहाँले बुधबार नेटाको सम्मेलनलाई सम्बोधन गर्दै सो माग गरेका हुन् । भिडियो लिंकका माध्यमबाट सो सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति जेलिन्स्किीले हाल युक्रेनलाई धेरै सहयोग चाहिएकोले सोको लागि आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले अहिले युक्रेनका लागि प्रतिरक्षाका क्षेत्रमा सहयोग आवश्यक रहेको सो सम्मेलनमा बताए । राष्ट्रपति जेलिन्स्किीले अहिले युक्रेनको रक्षाका लागि हवाई मिसाइल तथा स्थलगत रुपमा सुरक्षाको आवश्यकता परेको जनाएका छन् ।

युक्रेनका धेरै सहरहरुमा रुसले आक्रमण जारी राखेको र उसका विरुद्ध लड्न युक्रेनलाई धेरै हातहतियार तथा आधुनिक प्रविधिको खाँचो रहेको भन्दै उनले सो सहयोगको खाँचो औँल्याए ।

साथै युक्रेनका लागि प्रति महिना कम्तीमा पनि पाँच अर्ब अमेरिकी डलरको सहयोग पनि आवश्यक रहेको उनको भनाई छ । रुसको म्याड्रिडमा यही जुन २८ देखि नेटोको सम्मेलन सुरु भएको छ । सो सम्मेलन जारी रहेको बताइएको छ । रासस