काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहको बहिष्कारकाबीच राष्ट्रियसभा बैठकले बजेटसंग सम्बन्धीत विभिन्न तीनवटा विधेयकलाई पारित गरेको छ ।


ADVERTISEMENT


शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको छ । त्यसअघि बैठकमा अर्थमन्त्री जनार्दन शर्माले तीनवटै विधेयकलाई मुल रुपमा नै सुझाव दिन पारित गरि प्रतिनिधिसभामा फिर्ता पठाइयोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । बैठकमा अर्थमन्त्रीले उक्त विधेयक पेश गर्दा एमालेका सांसदहरुले बिरोध जनाएका थिए ।


ADVERTISEMENT

# # #


एमाले सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिन अघि अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरिएको आरोप लगाउँदै संसदीय छानविन समिति बनाउन माग गर्दै आएको छ । एमाले सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आवको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको पहुँच पु¥याएर मुलुकलाई हानी पु¥याएकाले त्यसको निश्पक्ष छानबिन नभएसम्म आफूहरूको विरोध रहिरहने बताए ।

बजेट निर्माणमा भएको कमजोरीको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्न आफूहरुको माग रहेको र एमाले संसदीय दलको बैठकले उक्त माग पूरा नभएसम्म बैठकमा सहभागी नहुने निर्णय गरेकाले आफूहरूले बहिष्कार गरेको उनले बताए ।

त्यसलगत्तै एमाले सांसदहरु कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिरिएका थिए । एमालेको बहिष्कारका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कार्यसूची अगाडि बढाएका थिए ।