काठमाडौँ – नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति बन्न खोजेको टिप्पणी गरेको छ ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा सम्पन्न सो समूहको भेलाले सभापति देउवाले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिलाई आफु सभापति हो भन्ने अनुभूति दिलाउन नसकेको र पार्टी भन्दा पनि गठबन्धनको सभापति भएर हिंड्न खोजेको निष्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


पार्टीलाई बिधि बिधानमा सञ्चालन गर्नका लागि सभापतिलाई दवाव दिने निष्कर्ष भेलाले गरेको कांग्रेस नेता गोविन्द पोखरेलले जानकारी दिए । जनताको जनजिविका कुरालाई सरकारले ध्यान दिन नसकेको र जनतासंग गरेको प्रतिवद्धता अनुसार काम गर्न नसकेको समेत भेलाले निष्कर्ष निकालेको छ । त्यस्तै भेलाले नीतिगत भ्रष्टाचार बढ्दै गएको भन्दै यसलाई रोक्नुपर्ने निष्कर्ष निकालेको पोखरेलले बताए ।

सो समूहले भेलाले निकालेका निष्कषलाई कार्यान्वयन गराउन केन्द्रीय समिति बैठकबाट दबाब दिने समेत जनाएको छ ।