गुल्मी – गुल्मीमा आफ्नै भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । धुर्कोट गाउँपालिका ६ मा जेठाजुले सहोदर बुहारीलाई जबरजस्ती करणी गरेका हुन् ।


ADVERTISEMENT


सोही आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । १९ वर्षीया बुहारीलाई वडा नम्वर ६ स्थित किटेनी गोठमा ३५ वर्षे जेठाजुले दिउँसोको समयमा जबरजस्ती करणी गरेका हुन् ।


ADVERTISEMENT

# # #


बलात्कारको उजुरी परेपछि उनी पक्राउ परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।