काठमाडौं – दक्षिणी इरानमा आज बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प जाँदा ५ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


भूकम्पपछि त्यहाँ लगातार पराकम्प गइरहेका रोयटर्सले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट झन्डै एक सय किलोमिटर टाढा छ । भुकम्पमा परी घाइते १२ जनालाई अस्पताल भर्ना गरिएको छ ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


भूकम्पले साइह खोश गाउँ बढी प्रभावित भएको छ । उद्धार तथा राहतका काम थालिएको छ । चीन, यूएई, साउदी अरेबिया, बहराइनलगायतका देशमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया