काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकनमा निजगढ पुगेका छन् ।


ADVERTISEMENT


अवलोकनमा प्रधानमन्त्री देउवा सहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, खानेपानी मन्त्री उमाकान्त चौधरी सहभागी छन् ।


ADVERTISEMENT

# # #


टोलीले प्रस्तावित विमानस्थल निर्माणमा हुने क्षति र कमभन्दा कम क्षतिमा निर्माण गर्नेगरी प्रस्तावहरु ल्याउने जनाएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी सरकारको निर्णय सर्वोच्च अदालतको बदर गरेपछि अहिले अन्यौलता पैदा भएको छ । प्रधानमन्त्रीसहित दलका शीर्ष नेता त्यहाँको वस्तुस्थिति बुझ्न जान लगेको बताइएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न भारतीय कम्पनी सिजी–इन्फ्रा–बीडीए जेभीलाई जिम्मेवारी दिइएको थियो । त्यहाँ पहिलो चरणको कार्यक्रमअन्तर्गत मुआब्जा वितरण, रूख गणना लगायत काम भएको थियो । ठूला, साना र मझौला गरी झन्डै २४ लाख रूख कटान र १४ सय घरधुरीको स्थानान्तरण गर्नुपर्ने देखिएको पर्यटन मन्त्रालय मातहत रहेको नागरिक उड्डयन प्राधिकरणले गरेको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमा उल्लेख गरिएको छ ।