काठमाडौं – नेपालका लागि भारतका नवनियुक्त राजदूत ओहोदाको प्रमाणपत्र पेश गरेपछि भेटघाटमा व्यस्त भएका छन् । अस्ति दिउँसो राष्ट्रति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि उनी लगत्तै बालुवाटार पुगेका थिए ।


ADVERTISEMENT


प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेपछि हिजो उनी पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका हुन् । बिहान ब्रेकफाष्टपछि त्यहाँ पुगेको राजदूत लञ्चको समयमा लैनचौर आइपुगे ।


ADVERTISEMENT

# # #


बालकोटमा राजदूत नवीन श्रीवास्तव,पोलिटिकल अफिसर प्रसन्न श्रीवास्तव,दूतावासका प्रवक्ता नवीनकुमार पुगेका हुन् । एमालेका तर्फबाट अध्यक्ष ओली मात्र सहभागी थिए ।

हिजै भारतीय राजदूतले सिंहदरबार पुगेर परराष्ट्रमन्त्रीसँग भेट गरे । उनले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग आधा घण्टा भेटवार्ता गरे । त्यहाँको भेटघाटमा राजदूत श्रीवास्तवसँगै प्रसन्न श्रीवास्तव पनि रहेको बताइन्छ ।