काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ ।


ADVERTISEMENT


काठमाडौंमा जारी केन्द्रिय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो बिषयमा धारणा दिन पनि पार्टीका नेताहरुसँग राय मागेका छन् । ‘ओलीजीले बोलाएर आगमी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यसवारेमा पनि छलफल गर्न जरुरी छ’ ठाकुरको भनाई उद्यृत गर्दै एक नेताले भने ।


ADVERTISEMENT

# # #


उनका अनुसार सो  बिषयमा बालकोटस्थित ओली निवासमा दुई नेता बिच भेटघाट भएको भनिए पनि कहिले भेट भएको हो ? सो भने खुलाएका छैनन् ।लक्ष्मणलाल कर्णको नेतृत्वमा तयार भएको बिद्यान मस्यौंदा संसोधनसहित पारित गर्ने, ५ सय १ सदस्सीय केन्द्रिय समितिलाई पुर्णता दिने, संगठन सुदृढीकरण देखी आगमी निर्वाचनको तयारीसम्मका बिषयमा छलफल गर्नका लागि लोसपा, नेपालको केन्द्रिय कार्यकारिणी बैठक जारी छ ।