अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन् । १५ वर्षीय विनोद शाहीको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले चलाउनेलाई शनिबार पक्राउ गरेको हो ।


ADVERTISEMENT


पञ्चदेवल विनायक नगरपालिकाको वडा नं. ४ का विनादको हत्या भएको भन्दै उनका बुवाआमाले चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीका आधारमा प्रहरीले चलाउनेसहित अर्का एक जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


कक्षा १० मा पढ्ने विनोद गत जेठ १७ गतेदेखि बेपत्ता थिए । उनको शव जेठ २१ गते घर नजिकैको जंगलमा फेला परेको थियो ।

काँग्रेस युवा नेतृ समेत रहेकी मेयर चलाउने गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा दोस्रो पटक मेयरमा निर्वाचित भएकी थिइन् ।