काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमद अल–हेलबीच शिष्टाचार भेटवार्ता भएको छ ।


ADVERTISEMENT


उनीहरुबीच आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेट भएको मन्त्री शर्माको सचिवालयले जनाएको छ । भेटमा द्विपक्षीय सम्बन्ध र आपसी सहयोगकाबारेमा छलफल भएको छ ।


ADVERTISEMENT

# # #


साथै राजदूत युसुफ बिन मोहम्मद अहमद अल–हेलले अर्थमन्त्री शर्मालाई कतारमा आयोजना हुन लागेको विश्वकप फुटवल प्रतियोगिता हेर्नका लागि निमन्त्रणा समेत गरेका छन् ।

विश्वकप फुटबल आउँदो २१ नोभेम्बरदेखि कतारमा सुरु हुँदैछ ।