काठमाडौँ– धुम्वाराहीस्थित ह्याम्स अस्पतालमा ‘एस्थेटिक मेडिसिन’ विभाग सञ्चालनमा आएको छ । आइतबार एक समारोहबीच अस्पतालका अध्यक्ष आरएस भण्डारीले सो विभागको उद्घाटन गरेका हुन् ।

उद्घाटनसंगै यसअघि अस्पतालले मुख्य बिल्डिङबाट प्रवाह गर्दै आएको छाला रोगसम्बन्धिको सम्पूर्ण सेवाहरु अब भने ‘एस्थेटिक मेडिसिन’ डिपार्टबाटै प्रदान गरिने भएको छ ।


ADVERTISEMENT


बिरामी तथा सेवाग्राहीको इच्छा एवम् सहजतालाई मध्यनजर गर्दै छुट्टै भवन सञ्चालनमा ल्याएको डा. प्रगती थापाले बताइन् । ‘छालासम्बन्धि उपचार तथा सेवाका लागि आउने बिरामीहरु सिधै यहाँ आएर सम्पर्क गर्न सक्नुहुन्छ । यसले अस्पताल धाउँदा व्यक्तिले पाउने झन्झटहरुलाई केहि हदसम्म न्यूनीकरण गर्छ भन्ने हामीले विश्वास लिएका छौँ’, उनले भनिन् ।


ADVERTISEMENT

# # #


उक्त भवनबाट डा. थापासंगै डा. कृष्ण मानन्धर र डा. श्रद्वा चुडालले डर्मासम्बन्धि सामान्यदेखि विशिष्ट सबै किसिमका सेवाहरु दिनेछन् ।

के हो ‘एस्थेटिक मेडिसिन’ ?

एस्थेटिक मेडिसिन प्रायजसोः कस्मेटिक सौन्दर्यमा केन्द्रित हुने उपचार रहेको डा. थापा बताउँछिन् । ‘यस पद्दतिले विशेषगरी व्यक्तिको छाला, कपाल तथा नङसम्बन्धि भएका सबै समस्याहरु चिकित्सीय प्रविधिमार्फत उपचार गरी व्यक्तिको सौन्दर्यमा थप निखारता ल्याउन मद्दत गर्दछ’, उनले भनिन् ।

यसअन्तर्गत शरीरमा भएका दागदेखि अतिरिक्त बोसो तथा नचाहिने कपालसम्मको उपचार गर्न सकिने उनको भनाई छ ।