डडेल्धुरा – प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट मतदान गरेका छन् । उनले गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् । प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका उनले सो मतदान केन्द्रबाट छैटौँपटक मतदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौँ फर्किएका छन् ।