काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अर्धकदको सालिक निर्माण गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेसले स्व कोइरालाको ९९औँ जन्मजयन्तीका अवसरमा ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यालय अनामनगर परिसरमा अर्धकदको सालिक निर्माण गरिएको हो ।


ADVERTISEMENT


नेपाली कांग्रेसको स्थापना हुनुपूर्व नै विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनमा सहभागी भएका कोइराला नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्षसमेत हुन् ।


ADVERTISEMENT

# # #


भर्खरै निर्माण भएको स्व कोइरालाको अर्धकदको सालिकलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही असार २१ गते बिहान अनावरण गर्ने कार्यक्रम रहेको नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले जानकारी दिए । सोही दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म कोइरालाको अर्धकदको सालिकमा माल्यार्पण कार्यक्रमसमेत राखिएको छ ।