काठमाडौँ – काठमाडौँस्थित भारतीय राजदूतावासमा खटिएका एक सुरक्षा गार्डले आफैलाई गोली हानेका छन् । सोमबार सुरक्षामा खटिएका ३२ वर्षीय दीपक सिंहले आफैले चलाएको इन्सास राइफलको गोली लागेर ज्यान गुमाएका हुन् ।


ADVERTISEMENT


घटना राजदूतावास भित्रै भएका कारण मृत्युबारे भारतीय दूतावासले नै छानविन गर्ने बताएको नेपाल प्रहरीले जनाएको छ । भारतीय दूतावासले दूतावासभित्र आफै सुरक्षागार्डहरु राख्दै आएको छ ।


ADVERTISEMENT

# # #


ज्यान गुमाएका सिंहको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको बताइएको छ ।