काठमाडौँ – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपालले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । संघले मंगलबार काठमाडौँको हनुमानस्थानमा प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो ।


ADVERTISEMENT


युवासंघले अर्थमन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्ने, बजेट बनाउनुअघि अर्थमन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्नुपर्ने लगायतका मा राख्दै प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले ‘नालायक अर्थमन्त्रीलाई बर्खास्त गर’, ‘सीसीटीभी फुटेज सार्वजनिक गर’ जनार्दन कि धनार्जन’ ‘गठबन्धनको उपहार, महंगी र भ्रष्टाचार’, ‘माफीयालाई मस्ती, जनतालाई सास्ती’ लगायतका नारा लगाएका थिए ।


ADVERTISEMENT

# # #


अर्थमन्त्री शर्मा बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर केही उद्योगीलाई सघाउ पुग्नेगरी करका दर हेरफेर गरेको भन्दै निरन्तर आलोचित भइरहेका छन् ।

संसदमा समेत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट निर्माणको अघिल्लो दिन जेठ १४ गतेको अर्थमन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्नुपर्ने, अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने र त्यसबारे छाबिन गर्नुपर्ने माग राख्दै आएको छ ।