टोक्यो– गोली प्रहार भएको जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । शुक्रबार जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहेका क्रममा अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते बनेका आबेको उपचारकै क्रममा मृत्यु भएको बीबीसी न्युजले जनाएको छ ।


ADVERTISEMENT


घटना लगत्तै अस्पताल पुर्‍याइए पनि उनको जीवन बचाउन नसकेको हो । सार्वजनिक तस्बीरमा उनी रक्तश्राव अवस्थामा मुर्छित देखिएका थिए । सुरक्षाकर्मीले गोली प्रहार गरेको आशंका ४१ वर्षीय एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT

# # #