काठमाडौँ – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसन प्रा. लि. बीच सम्झौता भएको छ ।


ADVERTISEMENT


आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वित हुने गरी सहकार्य गर्ने सम्झौता भएको हो । उक्त समझदारी पत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसन प्राइभेट लिमिटेडको तर्फबाट महाप्रबन्धक राजु केसीले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायि जटिलताको वृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानी सम्बन्धि सम्पूर्ण सेवाहरु समेत प्रभावकारी रुपमा ग्राहकहरुलाई उपलब्ध गराइने भएको छ ।

भविष्यमा दुवै संस्थाका सहकार्यमा धितोपत्र बजार र लगानी सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु पनि विभिन्न चरणमा संचालन गरिने समेत जानकारी गराइएको छ ।