काठमाडौँ – गायक शिव के. चौधरीको नयाँ गीत ‘पछ्यौरीको छेउ’ सार्वजनिक भएको छ ।


ADVERTISEMENT


मौलिक र ठेट भावलाई उतारिएको यो गीतमा माया प्रेमलाई विषय समेटिएको छ । गीतमा शिव के चौधरी र बिद्या अधिकारीको आवाज रहेको छ ।


ADVERTISEMENT

# # #


गीतलाई कल्पना प्रसाई पाठक र प्रकाश सुवेदीले शब्द सिर्जना गरेका हुन। मनोज सुवेदीको निर्देशन रहेको गीतमा टाईगर नामले चर्चित राज टाईगर र रोशनी कार्कीको अभिनय रहेको छ ।

गीतलाई सदीक्षा फिल्मस् युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।