काठमाडौं –  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन्। उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्।


ADVERTISEMENT


‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उनले भनेका छन्। यसअघि उनले सालिक बनाउन महानगरको १५ लाख रुपैयाँ बजेट छुट्याएका थिए।


ADVERTISEMENT

# # #


उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको सालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका थिए। यसबारे सरसल्लाहसमेत नगरी एकतर्फी रूपमा प्रस्ताव ल्याएको एक वडाध्यक्षले बताएका थिए।

यसरी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चौतर्फी आलोचना भएको थियो। विरोधपछि महानगरपालिकाको बजेट प्रयोग गरी सालिक बनाउने निर्णयबाट उनी पछि हटेका हुन्।

सन् १९८७ मा मोरङमा जन्मिएका र्यापर यमबुद्धले सन् २०१७ मा बेलायतमा आत्महत्या गरेका थिए । नेपाली हिपहप संगीयतमा चर्चित उनका ‘साथी’, ‘आमा’, ‘आउँदैछु म’, ‘अन्त्यको सुरुवात’ लगायतका र्याप गीत लोकप्रिय छन् ।