काठमाडौं – श्रीलंकामा राजनीतिक संकट चरम अवस्थामा पुगेपछि प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेका छन् । आर्थिक परिवर्तन र पछिल्लो केही महिनाको राजनीतिक गतिरोधबाट दिक्क बनेका श्रीलंकनहरु शनिबार हजारौंको संख्यामा राष्ट्रपति गोटाबाया राजपक्षेको घरमा प्रवेश गरे। उनीहरुले अबेर राति प्रधानमन्त्री रनिल विक्रमसिंघेको घरमा आगो लगाइदिए।


ADVERTISEMENT


शनिबार बिहान हजारौं प्रदर्शनकारी कोलम्बोमा जम्मा भए। प्रदर्शनकारी मार्च गर्दै राष्ट्रपति गोटाबाया राजपक्षेको घरमा प्रवेश गरे र त्यसलाई कब्जा लिए। यसबीचमा प्रहरी र सेनाका जवानसँग उनीहरुको झडप भएको थियो।


ADVERTISEMENT

# # #


प्रहरीले उनीहरुलाई ब्यारिकेड, पानीको फोहरा र अश्रुग्यासले रोक्न चाहेको थियो तर प्रदर्शनकारी राष्ट्रपतिको आवासमा प्रवेश गर्न सफल भए। तर त्यतिबेलासम्म राष्ट्रपति आवास छाडेर हिँडिसकेका थिए।

राष्ट्रपति भवनमा प्रवेशपछि प्रदर्शनकारीले फेसबुकमा लाइभ गर्न सुरु गरेका थिए। हजारौं मानिस राष्ट्रपति भवनमा प्रवेश गरे र उनीहरुले त्यहाँ रहेका कुर्सि र मेचहरुमा उफ्रिरहेका थिए। केही प्रदर्शनकारी राष्ट्रपतिको ओछ्यानमा कुदिरहेका भिडियो फुटेजहरु देख्न सकिन्छ।

केही मानिसहरु राष्ट्रपति कार्यालयको स्विमिङ पुगमा पौडी खेलिरहेका थिए भने केही नुहाउँदै थिए। प्रदर्शनकारीहरु नारा लगाइरहेका थिए गो गोटा, गो

शनिबार आम मानिसले सम्भवत: पहिलो पटक राष्ट्रपति कसरी बस्छन् भन्ने अनुभव गरे। उनको ‘महलमा कुन-कुन खालको सुविधा हुन्छ भन्ने उनीहरुले थाहा पाए। प्रदर्शनकारी राजभवनको कोठाकोठा पुगेका छन्।

कतिपय राष्ट्रपतिको ओछ्यानमा सुतिरहेका र कोही वाथरुममा नुहाइरहेका भिडियोहरु सार्वजनिक भएका छन्। कतिपयले राष्ट्रपतिको भान्सामा खाना बनाएरसमेत खाएका तस्बिरहरु सार्वजनिक भएका छन्। राष्ट्रपति कहाँ गए भन्ने खुलाइएको छैन। केही केही भिडियो फुटेजहरु सार्वजनिक भएका छन् जहाँ उनीसहितका केही लगेज बोकेर पानी जहाजतर्फ कुदिरहेको देख्न सकिन्छ। तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

प्रधानमन्त्री रनिल विक्रमसिंघेको निजी आवासमा प्रदर्शनकारीहरुले आगो लगाइदिएका छन्। प्रधानमन्त्रीको यो निजी आवास कोलम्बो ७ इलाकामा रहेको छ। सहरमा सबैभन्दा हाई प्रोफाइल कुलिन बर्गको क्षेत्रमध्ये एक हो।

रनिल विक्रमसिंघे, उनकी पत्नी र बच्चा शुक्रबार रातिसम्म यसै घरमा थिए। तर राति उनको परिवार र स्टाफहरु एक सुरक्षित स्थानमा लगिएको छ। त्यस समय घरमा कोही थिएनन्। आगलागीबाट घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने घरमा रहेका सामानहरु पूर्णरुपमा खरानी बनेको छ।

रानिल विक्रमसिंघेको कोलम्बोस्थित आवासमा सयौंको संख्यामा प्रदर्शनकारीले घेरेका थिए। घरभित्र एक बीएमडब्ल्यू कार र केही अन्य सवारी थिए। यी साधन पनि प्रदर्शनकारीले आगोले क्षतिग्रस्त बनेको छ।

रानिल विक्रमसिंघेको घर जुन क्षेत्रमा छ त्यहाँ प्रहरी र सैनिकको तैनाथी धेरै थिएन।

शनिबार दिउँसो जब भीड राष्ट्रपति भवनमा प्रवेश भयो तब कुनै संगठित भीड थिएन। उनीहरु विना कुनै नियन्त्रण भवन भित्र प्रवेश गरेका थिए।

यस क्रममा केही मानिस राष्ट्रपति भवन भित्र चिजहरुलाई क्षति पुर्‍याइरहेका थिए र तोडफोडमा उत्रिएका थिए। तर प्रदर्शन गरिरहेका केही समूह आफ्नो नेतृत्वकर्ताका साथ प्रदर्शन गर्न पुगे। जसमा बौद्ध भिक्षु, ईसाई मिशनरीका नेता, विश्वविद्यालयका विद्यार्थी पिन सहभागी थिए।

उनीहरुले अनुचित तरीकाबाट भवनमा प्रवेश गरेका र त्यहाँको चीजको नोक्सान पुर्‍याउनेहरुलाई सम्झाउने प्रयास गरेका थिए। श्रीलंकामा पछिल्लो केही महिना यता गहिरो आर्थिक संकट चलिरहेको छ। देशमा जरूरी सामानको आयातका लागि विदेशी मुद्रा लगभग समाप्त भइसकेको छ। पेट्रोलको अभाव छ। ग्यास र खाने र पिउने चिनका साथ औषधिकहरुको पनि चर्को अभाव रहेको छ। मानिसहरु पछिल्लो केही महिनााट प्रदर्शन गरिरहेका छन् तर राष्ट्रपति गोटाबाया राजपक्षे पद छोड्न तयार थिएनन्।