काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन् । मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धि रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोहोर्याउन आजको आवश्यकता भएको उनको भनाइ छ ।


ADVERTISEMENT


मुस्लिम समुदायको पर्व बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै अध्यक्ष दाहालले यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन् । भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मावलम्बीको यस पर्वले नेपाली जनसमुदायमा सामाजिक सहिष्णुताको भावना विकास गरी समुन्नत नेपाल निर्माणका लागि अग्रसर हुन प्रेरित गर्ने पनि उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


समाजमा रहेका परम्परा, भाषा, धर्म र संस्कृतिले पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको छ भन्दै अध्यक्ष दाहालले यस्ता चाडपर्वको सम्बर्धन र प्रवर्धन गर्नु हामी सबैको साझा दायित्व भएको सन्देशमा उल्लेख गरेका छन् ।