काठमाण्डौं-बिहीबार मतदान सम्पन्न भएको चितवनमा शुक्रबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ । मतदान सकिएलगत्तै बसेको सर्वदलीय बैठकले जिल्लाका सबै क्षेत्रबाट मतपेटिका सदरमुकाम ल्याइएपछि मात्रै भोलि बिहान ९ बजेपछि मतगणना गरिने सहमति गरेको छ ।


ADVERTISEMENT


चितवनका सबै मत भरतपुरस्थित चितवन माविमा गरिनेछ । चितवनका विकट पहाडी क्षेत्रबाट मतपेटिका ल्याइँदै गरिएको र आजै रातिसम्ममा सदरमुकाम ल्याइने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


चितवनमा नेकपा माओवादी केन्द्रका अध्यक्षको उम्मेदवारी रहेका कारण पनि यस क्षेत्रको मतपरिणाममा धेरैको चासो देखिन्छ ।