काठमाण्डौं-पहिलो चरणमा चुनाव भएका ३२ जिल्ला ३७ निर्वाचन क्षेत्रमध्ये ३३ मा मतगणना जारी छ ।


ADVERTISEMENT


हामीलाई प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभा सदस्यका लागि धेरै ठाउँमा एमाले उम्मेदवार अगाडि छन् । एमाले उम्मेदवार १५ स्थानमा अग्रता लिइहेका छन् भने माओवादी उम्मेदवार १० ठाउँमा अगाडि छन् ।


ADVERTISEMENT

# # #


कांग्रेस उम्मेदवारहरु संखुवासभा, रसुवा, बझाङ, नुवाकोट १ मा अगाडि छन् । गोरखा २ मा कांग्रेस समर्थित नयाँशक्तिका बाबुराम भट्टराई र सिन्धपाल्चोक २ मा राप्रपाका पशुपतिशमशेर राणा अगाडि छन् ।
हुम्लामा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।