काठमाण्डौं-मंसिर १० गते पहिलो चरणमा भएको प्रदेशसभा तथा प्रतिनिधिसभाको मतगणना भइरहदा दार्चुलामा वाम गठबन्धनका तिनै उम्मेदवारहरुले अग्रता लिएका छन् । विहीबार साँझ ५ बजेदेखि सञ्चालन गरिएको आज विहान सम्मको मतपरीणम अनुसार वामगठबन्धनका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।


ADVERTISEMENT


पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभा सदस्यका बाम गठबन्धन उम्मेदवार गणेशसिँह ठगुन्नाले ११ हजार ८२ मतका साथ अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विक्रमसिँह धामीले ७ हजार ७ सय १२ मतका साथ पछ्याइरहेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै प्रदेशसभा दुबै निर्वाचन क्षेत्रमा बाम गठबन्धन उम्मेवारहरुले अग्रता लिइरहेका छन् । प्रदेशसभा क्षेत्र नम्बर १ का बाम गठबन्धन उम्मेदवार गेल्बुसिँह बोहराले २ हजार ३ सय ८८ मतका साथ अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेस उम्मेदवार मदन गिरीले १७ सय ३ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धन उम्मेदवार मानबहादुर धामी सन्तोषले ३ हजार ४५ मतका साथ अग्रता लिइरहेका छन् भने कांग्रेस उम्मेदवार जगदीश बहादुर पालले २३ सय ८१ मतका साथ पछ्याइरहेका छन् ।