गृह मन्त्रालयले निर्वाचनको सुरक्षा घेरा कसिलो पार्ने निर्णय गरेको थियो । पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रोमा नेपाली सेना रहने निर्णयमा थोरै फेरबदल गर्दै गृहले सेनालाई मतदान केन्द्र नजिक सारेको थियो । त्यस्तै निर्वाचनअघिका दुई दिन प्रहरीले नेकपा विप्लवका केन्द्रीय नेतामाथि पनि निगरानी बढाउँदै समर्थक पक्राउलाई तीव्र बनाएको थियो ।


ADVERTISEMENT


एक उच्च प्रहरी अधिकारीका अनुसार सोमबार राजधानीको चपलीहाइटमा कांग्रेस उम्मेदवार गगन थापालक्षित गर्दै विस्फोट भएपछि प्रहरीमाथि चुनौती थपिएको थियो । उक्त घटनालगत्तै प्रहरीले विप्लव समूहमाथि कडा निगरानी गरेको थियो । प्रहरीको विशेष ब्युरो विप्लव समर्थक नेता पक्राउ गर्न केन्द्रित भएको थियो ।


ADVERTISEMENT

# # #


प्रहरीले बिहीबारसम्म निर्वाचनविरोधी गतिविधिमा संलग्न विप्लव माओवादीका ६ सय ३१, अन्य ३ सय ५२ र जनकपुरबाट सिके राउतसहित १४ जनालाई पक्राउ गरेको थियो । काठमाडौं प्रहरी परिसरले पनि निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको भन्दै विप्लव माओवादी समर्थक ५२ जनालाई पक्राउ गरेको थियो ।