काठमाण्डौं-राजधानी उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधिसभा र ३० प्रदेशसभा सदस्यका लागि बिहीबार भएको मतदानको मतगणना ललितपुर बाहेक अन्यत्र शुरु हुन सकेको छैन ।


ADVERTISEMENT


ललितपुर क्षेत्र नम्बर १ को बाहेक अन्य दुई क्षेत्रको गणना भइरहँदा क्षेत्र नम्बर २ मा एमाले र ३ मा कांग्रेसले शुरुवाती अग्रता लिएका छन् । क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जन ५ हजार ३७७ मतका साथ अग्रता लिइरहेका छन् भने उनलाई कांग्रेसका चन्द्र महर्जनले ३ हजार ३४५ मतका साथ पछ्याइरहेका छन् ।


ADVERTISEMENT

# # #


क्षेत्र नम्बर ३ मा कांग्रेसका मदन अमात्य १ हजार १६७ मतका साथ अगाडि छन् भने माओवादीकी पम्फा भुसालले ७१५ मतका साथ पछ्याइरहेकी छन् । प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ को क मा माओवादीका राजकाजी महर्जन अगाडि छन् भने दुईमा कांग्रेसले अग्रता लिएको छ ।