काठमाडौँ– सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारीको म्याद तीन महिनाका लागि थप हुने भएको छ । सरकारको शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले दुवै आयोगको म्याद थप गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिएका हुन् ।


ADVERTISEMENT


आयोगका पदाधिकारीको म्याद असार मसान्तमा सकिदै थियो । त्यसअघि शुक्रबार नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा दुवै आयोगसम्बन्धी ऐनहरु संशोधन गर्ने र सोही अनुसार आयोगहरुको संरचना तय गरी न्यायिक निरुपण गर्ने सहमति भएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै मन्त्रीपरिषद् बैठकले पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग मन्त्रालयमार्फत आयल निगमलाई प्रदान गर्ने निर्णय पनि गरेको छ ।