काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैँकका गर्भन महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमो बोल्दै प्रधानमन्त्री देउवाले गभर्नरले नैतिकताको आधारमा राजीनामा दिनुको विकल्प नरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


बैठकमा प्रधानमन्त्री देउवाले भने, ‘गभर्नरको राजनीतिक संलग्नता देखिएको छ । अरुले राजीनामा माग्ने नभइ अधिकारीले स्वयंले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । राजीनामाको विकल्प छैन ।’

नेकपा एमालेले केही दिन पार्टीको अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारी (खोटाङ)लाई राखेको थियो । उक्त एम अधिकारी गभर्नर अधिकारी नै भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । गठबन्धनका सांसदहरुले संसदमा समेत यसबारे प्रश्न उठाएका छन् ।

गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने वा सरकारले उनलाई वर्खास्त गर्नुपर्ने भन्दै प्रदर्शन समेत भइरहेका छन् ।