काठमाडौं – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन नेविसंघ र अखिल (क्रान्तिकारी)ले आज बालुवाटार घेराउ र विरोध प्रदर्शन गर्ने भएका छन् ।


ADVERTISEMENT


दुई विद्यार्थी संगठनले संयुक्त गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटार घेराउ गर्ने भएका हुन् ।


ADVERTISEMENT

# # #


आज (आइतबार) बिहान १० बजे नेपाल राष्ट्र बैंकको गेटमा जम्मा भई गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको बताइएको छ।

यसभन्दा अगाडि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको थियो भने शनिबार वाइसिएलले गभर्नरलाई बर्खास्त गरी छानबिन अगाडि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै ज्ञापनपत्र बुझाएको थियो।

गभर्नर अधिकारी एम. अधिकारीको नाममा एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेको चर्चा चलेपनि उनले भने यसलाई अस्वीकार गर्दै आएका छन्।