काठमाडौँ – नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभामा प्रहरी ज्यादती भएको भन्दै प्रहरी अधिकारीलाई कारवाही गर्न माग गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रियसभाको सोमबारको बैठकमा भट्टराईले उक्त घटनामा डीएसपीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलेको देखिएको भन्दै प्रहरी अधिकारीलाई कारवाही गर्न माग गरेका हुन् । उनले तिलोत्तमा प्रकरणको अनुसन्धान हुनुपर्ने र सत्यतथ्य जानकारी सदनलाई गराउनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


संघीयतालाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने गरी सरकारले गतिविधि गरिरहेको उनले टिप्पणी गरे । त्यस्तै उनले नागरिकताको विषय धेरै गम्भीर विषय भएको भन्दै यसलाई द्रुत गतिबाट छिटो टुङ्गो लगाउनुपर्ने धारणा राखे ।

बैठकमा बोल्दै कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले नेपालको परराष्ट्र नीति प्रष्ट र एकरुपता हुनुपर्नेमा जोड दिए । उनले एमसिसीका बारेमा भएका टिका टिप्पणीबारे सरकारको प्रष्ट धारणा आउनुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का सांसद बिना पोखरेलले नागरिकता विधेयक राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएको जनाउँदै नागरिकतासम्बन्धी विधि सरल भए पनि नीति कठोर हुनुपर्ने धारणा व्यक्त गरे ।