काठमाडौँ– नेपालमा पछिल्लो समय कोरोना संक्रमितको ग्राफ उकालो लाग्ने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, नेपालमा थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको २ हजार ३ सय ४१ पिसिआर परिक्षणका क्रममा ३ सय ८६ जना र २ हजार ३ सय १० एन्टीजेन परिक्षणका क्रममा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै कोरोनाका कारण सोमबार पनि थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वैशाखलागे यता नेपालमा कोरोना संक्रमणका कारण भएको यो दोस्रो केश हो । यसअघि हिजो (आइतबार) मात्रै यो वर्षमा पहिलो कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यससंगै हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुने संख्या ११ हजार ९ सय ५४ पुगेको छ भने संक्रमणमुक्त संख्या ९ लाख ६८ हजार ६४ रहेको छ । त्यस्तै, हाल नेपालमा १ हजार ७ सय ७६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।