काठमाडौं – खल्तीले लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्य गरी आफ्ना ग्राहकलाई मासिक किस्ता अर्थात् ईएमआई भुक्तानी सुविधा उपलब्ध गरेको छ।


ADVERTISEMENT


यसका साथै खल्तीबाट लक्ष्मी लघुवित्तको ईएमआई भुक्तानी गर्ने प्रयोगकर्ताले प्रोमोकोड ‘LAXMIEMI’  प्रयोग गरी ५५ क्यासब्याक (रू ५० सम्म) पनि प्राप्त गर्नेछन्। यो अफर भदौ ३१ सम्म लागु हुनेछ।


ADVERTISEMENT

# # #


यस सहकार्यबाट खल्ती तथा लक्ष्मी लघुवित्तका ग्राहकलाई किस्ता भुक्तानी गर्न सहज हुनुका साथै भुक्तानी गर्न कार्यालयसम्म जानका लागि समय निकाल्ने वा भुक्तानी गर्नै ढिलो हुनेजस्ता समस्याबाट छुटकारा दिने अपेक्षा लिइएको छ।

लक्ष्मी लघुवित्तको किस्ता भुक्तानी ’खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छः

१० खल्ती होम स्क्रिनमा ईएमआई सेक्सनमा जानुहोस्

२० लक्ष्मी लघुवित्तलाई छनौट गर्नुहोस्

३० आवश्यक विवरण भर्नुहोस्

४० ‘प्रोसिड टु पे’मा ट्याप गर्नुहोस् र भुक्तानी पूरा गर्नुहोस्

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले अधिकांश भुक्तानी सेवाहरु डिजिटल बनाउने क्रममा अघि बढ्दै गर्दा खल्ती र लक्ष्मी लघुवित्तका प्रयोगकर्ताले यस सेवाबाट धेरै लाभ लिन सक्ने कुरामा विश्वस्त रहेको बताए।

रु ५००० माथिको नवीकरण ईएमआई भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरिफाई गराएको हुनुपर्नेछ। यसका साथै आफ्नो बैंक खाता खल्तीमा लिंक गर्ने प्रयोगकर्ताले केही ट्यापहरुमार्फत आफ्नो ईएमआई र पानी, इन्टरनेट, बिजुली, र सरकारी राजस्वजस्ता अन्य बिल भुक्तानी गर्न प्रत्यक्ष भुक्तानी गर्न सक्छन्।

नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित गर्न सफल भएको छ। करिब ६ वर्षको अवधिमा खल्तीले देशभर २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ता साथमा ५० हजार बढी एजेन्ट नेटवर्कको प्रयोगकर्ता बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी यी सेवाहरुको डिजिटल भुक्तानी सेवा दिँदै आएको छ। यतिमात्र नभई विभिन्न साना तथा ठूला व्यापारलाई पनि भुक्तानी सेवा उपलब्ध गराई अनलाइन व्यवसायलाई प्रोत्साहन दिँदै आएको छ।