काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईंले दुवईमा ज्यान गुमाएकी नेपाली युवतीको अलपत्र शवको उद्दार गरी परिवारलाई बुझाएका छन् । प्रसाईंले सोमबार आफ्नै खर्चमा एर अरबियाको विमानबाट सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ की २५ वर्षीय सुकमाया रानाको शव नेपाल ल्याएका हुन् ।


ADVERTISEMENT


उनले आजै शव युवतीको परिवारलाई समेत बुझाएका छन् । मृतक रानाका आफन्त चेतन गुरुङले सरकारले गर्ने काम एकजना व्यक्तिले गरेको भन्दै प्रसाईलाई धन्यवाद दिए ।


ADVERTISEMENT

# # #


प्रसाईंले मानवीय हिसाबले आफूले मृतकका परिवारको पीडामा मल्हम लगाउने प्रयास गरेको बताए । ‘सरकारले स्वदेश मै रोजगारी सृजना गरेर युवाहरुको वैदेशिक गमन रोक्न त सकेन नै पराई देशमा गए अकालमा ज्यान गुमाएका युवाको लास परिवारलाई दिन पनि सकेन’ उनले भने, ‘मानवीय हिसाबले मैले ती परिवारको पीडामा मल्हम लगाउन खोजेको हुँ ।’

उनले आफ्नो पछिल्लो दुवई भ्रमणका क्रममा त्यहाँ विभिन्न कारणले मृत्य भएका नेपालीको शव नेपाल ल्याउन कठिनाई भएको थाहा पाएपछि आफ्नै खर्चमा नेपाल ल्याउने वाचा दिएका थिए । प्रसाईंले अर्को हप्ता थप चारवटा शव नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिए ।